About School


रामतुलसी माध्यमिक विद्यालय

शैक्षिक विकासबाट नै समग्र राष्ट्रिय विकासको आधार तयार हुन सक्छ भन्ने तथ्यलाई हृदयंगम गरी पूर्वि पाल्पाको रामपुरमा वि.स.२०२५ मा रामतुलसी मा.वि. को रुपमा स्थापित भै अनेकांै आरोह– अवरोह पार गर्दै वि.स.२०६४ मा रामतुलसी उच्च मा.वि.को रुपमा रुपान्तरण भएको हो । शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा विज्ञान मुख्य विषय राखी पूर्वी पाल्पाका अधिकांश गाउँपालिका , स्याङजा , तनहुँ र नवलपरासीका विद्यार्थीहरुलाई उच्च शिक्षा दिने फराकिलो अवधारणा लिई संचालित छ । आर्थिक, सामाजिक रुपले पछाडी परेका निम्न, मध्यम वर्गका दलित, आदिवासी, जनजातिका टाढा शहरसम्म पुगेर शिक्षा आर्जन गर्न नसक्ने माध्यमिक तह पूरा गरेका छात्र–छात्रालाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा प्रयत्नरत छ । विद्यार्थीहरुको सिकाईलाई दृष्ट्रिगत गरी उनीहरुलाई देशको सक्षम जनशक्ति रुपमा स्थापित गराउन निरन्तर व्रिmयाशिल छ । साथै वि.सं. २०७१ साल देखी प्राविधिक धार तर्फ डिप्लोमा इन एग्रीकल्चर बालीविज्ञान सञ्चालन भएको छ भने वि.सं. २०७४ सालदेखी नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा घोषणा भएको छ ।
विद्यालय र विद्यार्थीहरुको शैक्षिक वातावरण उपयुक्त हुनकालागि थप श्रोत र साधन परिचालन हुन आवश्यक देखिएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको भौतिक व्यवस्थापन सु– सम्पन्न गर्न, आवश्यक पर्ने शैक्षिक सामग्री र साधन व्यवस्थित र पर्याप्त गराउन, शैक्षिक परिपाटीलाई समयानुकुल परिवर्तन गर्दै राष्ट्रिय मापदण्डमा पु¥याउनकालागि पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था, सर्वसुलभ पुस्तकालय , उपयुक्त फर्निचर, सुरक्षित वातावरण , टाढा– टाढाबाट आउने विद्यार्थीका लागि आवासीय सुविधा उपलब्ध गराउन तथा न्यून आयस्तर भएका दलित, आदिवासी , जनजातीका विद्यार्थीहरुका लागि छात्रवृत्ति एवं विज्ञान र प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने मूल ध्येय र अवधारणा अनुरुप योजना निर्माण गरी नमूना विद्यालयको प्रस्तावना अनुसार एक द्यष्न क्अजयय िनिर्माण गर्न विद्यालय व्यवस्थापन समिति प्रतिवद्ध रहेको छ भने यसलाई आवश्यक पर्ने सभाहल, यातायात (२ वटा बस), ल्याब, पुस्तकालय आदी भौतिक पूर्वाधार तयार भइसकेको छ ।

Administrative Message

Very Useful Links