About School


श्री भैरव नवदीप माध्यमिक विद्यालय रैनादेवी छहरा-४, पाल्पा

पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि २७ किलोमीटर पश्चिम, रैनादेवी छहरा गाउँपालिकाको केन्द्र छहरामा भैरव नवदीप माध्यमिक विद्यालय रहेको छ । समुन्द्री सतह देखि १४२८ मीटर उचाई, २७.८७५७३ डिग्री उत्तरी अक्षांश र ८३.३७१६४ डिग्री पुर्बी देशान्तरमा रहेको यस विद्यालय रमणीय पहाडी भूभाग बीचमा रहेको छ । बोली भाषा, रहन सहन, लवाई खवाई धर्म संस्कारमा विविधता रहेको यस क्षेत्रका अधिकांश मानिसहरुको पेसा कृषि रहेको छ । शैक्षिक क्षेत्रमा धेरै अगाडि देखि सजग रहेको यस क्षेत्रका मानिसहरु उच्च शिक्षामा समेत चासो राख्दछन् ।

विद्यालयको स्थापना २०१६ सालमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नाम बाट भएको थियो । २०२८ सालमा निम्न माध्यमिक हुँदा नाम परिबर्तन भयो र  भैरव नवदीप निम्न माध्यमिक विद्यालय नामाकरण भयो । त्यसरीनै २०३८ सालमा मा.वि. र २०५४ सालमा उच्च् मा.वि  स्वीकृति भयो । अहिले यस विद्यालयमा साधारण तर्फ कक्षा शिशु देखि कक्षा १२ सम्म संचालनमा छ । अभिभावककहरुको माग अनुसार कक्षा शिशु देखि कक्षा १० सम्म अंग्रेजी र नेपाली माध्ययममा कक्षा संचालन भइरहेको छ । माध्यमिक तह कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र शिक्षाका विषयहरु संचालनमा छन् । 

२०६९  जेष्ठ १५ गते देखि कृषि प्राबिधिक शिक्षा १५ महिने JTA को स्वीकृति लिई सोहि वर्ष श्रावण महिना देखि प्राबिधिक शिक्षाका कक्षा सुरु भएको थियो । २०७२ सालदेखि कृषि डिप्लोमा (I Sc Ag) को कक्षा संचालन भैरहेको छ । २०७४ देखि १८ महिने भेटनरी समेत थप भइ हाल यस विद्यालयमा प्राबिधिक शिक्षा तर्फ Diploma In Plant Science (I.Sc. Ag) र TSLC का VJTA र PJTA का कक्षा संचालनमा रहेका छन् 

वर्तमान समयमा नमुना विद्यालय विकास एवं संचालन निर्देशिका अनुसारका पूर्वाधार निर्माण गर्दै यस विद्यालय नमुना विद्यालयको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

जय भैरव नवदीप ।

Administrative Message

Very Useful Links


CEHRD- शिक्षा तथा मानव श्रोत विकास केन्द्र

CEHRD- शिक्षा तथा मानव श्रोत विकास केन्द्र

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

सामाजिक विकास मन्त्रालय- लुम्बिनी प्रदेश

सामाजिक विकास मन्त्रालय- लुम्बिनी प्रदेश

रैनादेवी छहरा गाउँपालिका

रैनादेवी छहरा गाउँपालिका

शिक्षा तथा सामाजिक विकास निर्देशनालय- लुम्बिनी प्रदेश

शिक्षा तथा सामाजिक विकास निर्देशनालय- लुम्बिनी प्रदेश

NEB- राष्ट्रिय परीक्षा बोर्ड

NEB- राष्ट्रिय परीक्षा बोर्ड

TSC- शिक्षक सेवा आयोग

TSC- शिक्षक सेवा आयोग

IEMIS

IEMIS